केही कमजोरी छन् भने सुधार्ने ठाउँ छ, राजा फर्काउने कुरा असम्भव : सभपाति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थामा कमजोरी छन् भने सुधार गर्ने ठाउँ रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृतिमा सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए ।
‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि फेरि राजा फर्काउन प¥यो भनेर मान्छेहरू हिँडिरहेका छन्’, देउवाले भने, ‘राजतन्त्र फर्किन्छ भन्ने मलाई लाग्दैन । अहिलेकै व्यवस्था सर्वस्वीकार्य बनाएर लैजाऔं ।’
उनले अहिलेका व्यवस्थामा केही कमजोरी छन् भने सुधार गर्ने ठाउँ रहेको बताएका छन् ।
सभापति देउवाले भने, ‘केही कमजोरी छन् भने सुधार्ने ठाउँ छन् । राजा फर्काउने कुरा असम्भव देख्छु ।’ उनले भने, ‘बहुदलीय व्यवस्थाको सुदृढीकरणको आवश्यकता छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया