सहकारी ठगी निरुपण नहुँदासम्म लामिछानेले मन्त्री पदबाट राजीनामा दिनुपर्छ : डा.शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले सहकारीको रकम अपचलन र ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न उच्चस्तरीय छानविन समिति गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले सहकारीको रकम ठगी अभियोग लागेका गृहमन्त्री लामिछानेले आरोपको निरुपण नहुँदासम्म पदबाट राजीनामा दिनुपर्ने बताए ।
उनले भने, ‘उच्चस्तरीय पार्लियामेन्ट्री छानविन समिति बनाउनुपर्छ । त्यो समितिले पनि अरु कुराहरू पनि हेरिहाल्छ नि ।’
‘एउटा समिति बनाएपछि विभिन्न किसिमका कुराहरू आउँछन् । अरु इश्यु पनि आइहाल्छन्’, डा.कोइरालाले भने, ‘त्यसमा हाम्रो केही आपत्ति छैन । आरोप के ? सत्य कुरा हो नि ? उसको माथि जुन आरोप छ ।’
कांग्रेसका सांसद समेत रहेका डा.कोइरालाले भने, ‘त्यस (सहकारीको रकम ठगी)मा पहिला छानविन हुनुप¥यो । उहाँ (गृहमन्त्री रवि लामिछाने)ले पदबाट राजीनामा गर्नुप¥यो । पदबाट राजीनामा भयो भने स्पष्टीकरण पायो भने त उहाँले फेरि मन्त्री बन्न सकिहाल्नु हुन्छ ।’
‘जबसम्म उहाँ (रवि लामिछाने) आरोपित हुनुहुन्छ तबसम्म त्यो पद सम्हाल्न नैतिकताले दिँदैन’, नेता डा.कोइरालाले भने ।
डा.कोइरालाले भने, ‘उहाँले राजीनामा त दिनै पर्यो नि ! उहाँको माथि आरोपित हुनुहुन्छ भने पहिले आरोपित त्यो पुष्टि नभइकन उहाँ त्यो पदमा बस्न भएन न नि ?’
डा.कोइरालाले भने, ‘राजीनामा दिएपछि तत्कालको लागि धेरै हदसम्म खुल्छ । यो कुरा धेरै पहिलादेखि नै भइरहेको थियो ।’
सरकारमा हुँदा यो विषयहरूलाई किन देख्नु भएन भन्ने प्रश्नको जिज्ञासामा डा.कोइरालाले भने, ‘हैन…हैन…यो कुरा धेरै पहिलादेखि भइरहेको थियो । तर, तथ्यहरू बल्ल, भरखरै आयो । अनि हामीले ठोकुवासाथ भन्न सक्यौँ उहाँ आरोपित हो भनेर । अब मैले मात्रै भनेर हुँदैन । त्यसमा जाँचबुझ हुनुपर्यो ।’
कांग्रेसलाई प्रतिपक्षमा पुगेको आक्रोश मात्रै हो भन्छन् नि ? भन्ने जिज्ञासामा डा.कोइरालाले भने, ‘हैन…हैन…यो आक्रोशको कुरा होइन । यो राजनीतिक कुरा हो ।’
कांग्रेसले सहकारीको रकम ठगी र अपचलन काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेबारे संसदीय छानविन समितिको गठन गर्न कांग्रेसले माग गर्दै आएका बेला नेता डा.कोइरालाले एककदम अगाडि बढेर गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया