सुनसरी घटनाप्रति कांग्रेसद्वारा चिन्ता व्यक्त, संयम रहन अपील
काठमाडौं । नेपाली कांग्रेसले सुनसरी जिल्लामा दुई धार्मिक समूहबीच भएको घटनाप्रति चिन्ता जनाएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा सुनसरी घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संयमित रहन अपील गरेको छ ।
कांग्रेसले भनेको छ, ‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त समाज भएको देश हो । यहाँ सदियौंदेखि मिलिजुली रहेको हाम्रो समाजमा द्वेष र घृणा फैलाएर गरिने कुनै पनि गतिविधिले हाम्रो समाज, जातजाती बिचको एकता र धार्मिक सदभावमा खलल पु¥याउने र समाजलाई अराजकतातर्फ धकल्ने गम्भीर खतरा उत्पन्न गर्दछ ।’
‘यसप्रति हामी सजग हुन जरुरी छ । पछिल्लो समय सुनसरीमा नागरिकहरूको बीचमा झडप हुँदा नागरिक र सुरक्षाकर्मीहरू समेत घाइते भई कफ्र्यू लगाउने पर्नेस्थिति निर्माण भएको छ, जसका कारण नागरिकहरूको जनजीवन कष्टर बनेको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘सामाजिक सदभाव, धार्मिक संहिष्णुता र एकता कायम गर्न सबैमा यो बैठक हार्दिक अपील गर्दै घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै घाइतेहरूको उपचार गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ’, कांग्रेसले भनेको छ ।
सुनसरी जिल्लामा हिन्दु र मुसलमान समुदायबीच द्वन्द्व हुँदा सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रहरी, प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया