संसदीय समितिको बैठकहरूमा सांसदलाई नियमित उपस्थित रहन कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसदका समितिहरूको बैठकमा नियमित रुपमा भाग लिन निर्देशन दिएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले सांसदहरूलाई समितिको बैठकहरूमा अनिर्वाय उपस्थित रहन निर्देशन दिएको हो ।
‘संघीय संसदका समितिहरूमा महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेका छन् । समितिमा रहेका माननीय सदस्यहरूलाई आफू सम्बन्धित समितिको बैठकमा अनिवार्य रुपले उपस्थित हुन, विधेयक लगायत समितिमा छलफलमा रहेका विषयमा भाग लिन र जिम्मेवार एवं प्रभावकारी रुपले प्रस्तुत हुन यो बैठक निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएको छ । माग पूरा नभएमा कांग्रेसले संसद बैठकदेखि अन्य कामकारबाही अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया