चिचिलामा भारतले बनाइदिने भयो विद्यालयको भवन
काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संखुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् ।
चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ४.०२९ करोड आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण हुन लागेको बताएका छन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ ।
संखुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।
संखुवासभाको चिचिला गाउँपालिकास्थित श्री दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने भारतीय राजदूतावासले अपेक्षा लिएको जनाएको छ ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० भन्दा धेरै उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।
यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् । २ वटा परियोजना संखुवासभामा छन् ।
भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया