जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खान दुर्घटनामा घाइते
काठमाडौं । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवम् उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान गाडी दुर्घटनामा घाइते भएका छन् ।
पूर्वमन्त्री समेत रहेका खान सोमबार बिहान धादिङ जिल्लामा दुर्घटनामा परेर घाइते भएको समितिका सचिव प्रदीप नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
बिहान करिब ५ बजे काठमाडौंदेखि बर्दियातर्फ जाने क्रममा धादिङको रोराङ गाउँपालिका– ७ को कृष्णाभिर भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ ।
सभापति खानसहित गाडी दुर्घटनामा परेकाहरूको काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ ।



Published : Monday, 2024 April 8, 1:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया