गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्ड र बेथितिविरुद्ध नेविसंघद्वारा राज्यको मुटुमा प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारको दक्षिण गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
आइतबार बिहान कार्यालय समयमा नेविसंघका नेता कार्यकर्ताले हिम्मत गरेर शानका साथ सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि नेविसंघले प्रदर्शन गरेपछि कम्युनिस्ट गठबन्धन सरकार आपत्तिएको छ ।
प्रदर्शनमा सहभागी ६ जना नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि माग गरेका छन् ।
नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग समेत गरिरहेका बेला नेविसंघले पनि सिंहदरबार छिर्ने दक्षिण गेटअगाडि प्रदर्शन गरेर दम देखाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया