रामछापकी पूजा कार्की घोराहीमा अलपत्र अवस्थामा फेला, सम्पर्क गर्न प्रहरीको अनुरोध
घोराही । रामेछाप जिल्ला घर बताउने वर्ष ३३ की पूजा कार्कीलाई जिल्ला प्रहरी कार्यालय दाङले फेला पारेर उद्दार गरेको छ ।
पूजालाई प्रहरीले चैत २३ गते साँझ साढे ६ बजेको समयमा घोराही उप–महानगरपालिका वडा नं. १५ तुलसीपुर चोकमा अलपत्र अवस्थामा फेला पारेको विज्ञप्तिमार्फत जनाएको छ ।
रामेछाप घर बताउने पूजाले आमाको नाम रीता कार्की र बुबाको नाम भीमबहादुर कार्की बताएकी छिन् ।
पूजा कार्की अलपत्र अबस्थामा फेला परेको हुँदा उनका आफन्त वा पहिचान गर्नेहरूले जिल्ला प्रहरी कार्यालय दाङको मोबाइल नम्बर ९८५७८९०१०१ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न विज्ञप्तिमार्फत प्रहरीले अनुरोध गरेको छ ।
Published : Saturday, 2024 April 6, 12:27 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया