संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउँछौं : सभपाति देउवा
नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन् ।
शुक्रबार नेपालगञ्ज विमानस्थलमा स्वागतका लागि आएका अगुवा नेता कार्यकर्तासँग देउवाले कांग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।
उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन् । उनले पार्टी सङ्गठन मजबुत बनाउन गाउँगाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिएका छन् । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित रहन आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया