एमालेसँग नयाँ गठबन्धन बनेपछि पहिलो पटक देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा (एमाले)सँग कम्युनिस्ट नयाँ गठबन्धन बनेपछि पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता भएको हो । उनीहरूका बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटमा भएका कुराकानीका विषयमा केही भनिएको छैन ।
संसदलाई नियमित चलाउने र विचाराधीन कानूनहरू पारित गर्ने विषयमा उनीहरूका बीच छलफल भएको बुझिएको छ ।
फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि उनीहरूका बीच भएको भेटले राजनीतिमा तरंग ल्याइदिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया