कम्युनिस्ट गठबन्धनको सरकार बनाउन भूमिका खेलेका उपाध्यक्ष पौडेललाई चीनले बोलायो
काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल चीनको भ्रमणका लागि जान लागेका छन् ।
एमालेका उपाध्यक्ष पौडेल २÷३ दिनभित्रै चीन जान लागेको उच्च स्रोतले जनाएको छ । एमाले र माओवादी केन्द्रको गठबन्धन बनाउन प्रमुख भूमिका खेलेका पौडेललाई चीनले बोलाएको छ । चीनले पौडेललाई किन बोलाएको हो ? केही भनिएको छैन । उपाध्यक्ष पौडेलले पनि आफ्नो चीन भ्रमणलाई लुकाएका छन् ।
चीन निकट मानिने एमालेका उपाध्यक्ष पौडेलले नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमाले र माओवादीको कम्युनिस्ट गठबन्धन बनाएका थिए ।
यता, आइतबार राति १० बजे उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन जान लागेका छन् । श्रेष्ठ चीनमा एकसाता बस्नेछन् ।
कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग कम्युनिस्ट गठबन्धन बनाउन श्रेष्ठको पनि प्रमुख भूमिका छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया