प्रचण्डले बाबुरामको पार्टी फुटाए, गोरखामा जिताएको लिए बदला, जहाँ हात हाल्छन् त्यहाँ भाँडभैलो
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई फुटाइदिएका छन् ।
दाहालको उक्साहटमा नेसपाको महिन्द्र राय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमतिसँग माओवादीमा पार्टी विलय गराएको छ । यादव र माओवादीका नेता देव गुरुङले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकीकरण गरेको घोषणा गरेका छन् ।
भट्टराई समूहले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकमा पार्टी विभाजनका विषयमा छलफल गर्नेछ ।
माओवादीका अध्यक्ष दाहाललाई चितवनमा निर्वाचनमा प्रतिस्पर्धा गर्न कठिनाइ भएपछि भट्टराईले गोरखामा आफ्नो क्षेत्र छाडेर जिताएर काठमाडौं ल्याएका थिए । अहिले आएर दाहालले भट्टराईको पार्टी फुटाएर झट्का दिएका छन् । दाहालले जहाँ हात हाल्छन् त्यहाँ नोक्सानी नै गर्छन् भन्ने सन्देश दिएका छन् ।
नेसपाको १६८ सदस्यीय केन्द्रीय कमिटीमा ९० जना आफूहरूको पक्षमा रहेको यादव समूहको दाबी छ । भट्टराई समूहले केन्द्रीय कमिटीका १० प्रतिशत सदस्य मात्रै यादवको पक्षमा रहेको दाबी गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया