देउखुरीमा घरभित्र २२ वर्षीया महिला मृत फेला

लमही । दाङ जिल्लाको देउखुरीमा २२ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।

राजपुर गाउँपालिका–४ दुलैया बस्ने २२ वर्षीया पूर्णिमा चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीको मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

Published : Sunday, 2024 February 4, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया