कास्कीमा लुडो र जुवातास खेल्ने १२ जना पक्राउ
पोखरा । कास्कीको विभिन्न स्थानमा छापामारेर लुडो र जुवातास खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा(लुडो) खेलिरहेको अवस्थामा पुन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार २ सय २५ रूपियाँ, खेलमा प्रयोग हुने गोटी १६ वटा र डाईस १ वटासहित पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका–१२ प्रगति टोल डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–८ तुरतुरे घर भएका ६६ वर्षीय नरबहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ३५ रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया