रानीबारीमा सिलवालको घरमा प्रहरी छापा, जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको रानीबारीबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने नुवाकोटमा घर भएका ६० वर्षीय मधुप्रसाद सिटौला समेत १७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपियाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Saturday, 2024 February 3, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया