बिजुवारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मन्त्री राणाद्वारा उद्घाटन

बिजुवार । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मन्त्री राणाले बिजुवारमा रहेको खेल मैदानमा शुक्रबार खेलकुदको उद्घाटन गरेको प्यूठान नगरपालिकाका उप–मेयर देवेन्द्र बर्माले बताएका छन् ।

मन्त्री राणाले खेल एउटा विद्यालय र जिल्लाको मात्र नभई सिङ्गो देशको गहना भएको बताएका छन् । उनले खेलमा अनुसाशन आवश्यक रहेको बताएका छन् ।

आफू पनि विगतमा खेलाडी रहेको बताएका मन्त्री राणाले खेलका लागि खेल मैदान आवश्यक हुने बताएका छन् ।

उनले खेल मैदानको पूर्वाधार विकास गर्न आफूले सहयोग गर्ने पनि बताएका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख धर्मबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले शुभकामना मन्तव्य राखेमा थिए ।

प्रतियोगितामा ३ संस्थागत र ११ सामुदायिक गरी १४ विद्यालय सहभागी भएका छन् । ५ विधामा सञ्चालन हुने प्रतियोगितामा २४ वटा खेल समावेस गरिएको नगरपालिकाका उपमेयर बर्माले बताएका छन् ।

उद्घाटन सत्रमा विद्यार्थी र खेलाडीहरूले नृत्यका साथै झाँकीहरू प्रदर्शन गरेका थिए । मन्त्री राणाले रेफ्रीहरूलाई शपथ पनि खुवाएका थिए ।

Published : Saturday, 2024 February 3, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया