सिसहनियाँमा पिकअप जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
देउखुरी । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति साढे दश बजे राप्ती गाउँपालिकाको वडा नं. ५ सिसहनियाँ, दोलैखोलामा पिकअप जीपले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिकाको वडा नं. ८ बिजौरी बस्ने २७ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पाबाट लमहीतर्फ जाँदै गरेको बा १८ च ८६१८ नम्बरको पिकअप जीपले लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पतालमा पठाइएको थियो । चिकित्सकले राति ११ बजे चेकचाजको क्रममा मृत घोषणा गरेका थिए ।
चौधरीको शव पोस्टमार्टमका लािग लमही अस्पतालमा राखिएको छ । पिकअप जीपका चालक रुपन्देहीको सुद्वोधन गाउँपालिका वडा नं. २ बस्ने वर्ष २४ का आशबिन सुनारको दाहिने आँखामा चोट लागेर घाइते भएका छन् ।
सुनारलाई थप उपचारको लागि आँखा अस्पताल भैरहवा रिफर भएको छ । दुबै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय सिसहनियाले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया