कांग्रेस प्रमुख सचेतक देवकोटालाई मातृशोक, ६ बहिनीले दिए दागबत्ती
काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटालाई मातृ शोक परेको छ ।
कांग्रेस नेतृ देवकोटाीकी आमा जीवन पोखरेलको ललितपुरको बागडोलस्थित निवासमा माघ १३ गते राति साढे सात बजे निधन भएको हो ।
बिक्रम संवत् २००० सालमा जन्ममिति भएकी स्व.पोखरेलका ६ बहिनी छोरी र एक छोरा छन् । छोराको दुर्घटनामा निधन भइसकेको छ ।
स्व.पोखरेललाई प्रमुख सचेतक देवकोटासहित ६ बहिनी र पति गदाधर पोखरेलले पशुपति आर्यघाटमा दागबत्ती दिएका छन् ।
स्व.पोखरेलका पति गदाधर पोखरेल संस्कृति विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक पनि हुन् ।
देवकोटासहित ६ बहिनीहरु १३ दिनको संस्कारमा बसेका छन् । स्व.पाेखरेलकी बुहारी विन्दु पाेखरेल पनि सासुकाे १३ दिनकाे संस्कारमा बसेकी छिन् ।
Published : Thursday, 2024 February 1, 8:24 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया