कांग्रेस प्रमुख सचेतक देवकोटालाई मातृशोक, ६ बहिनीले दिए दागबत्ती

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटालाई मातृ शोक परेको छ ।

कांग्रेस नेतृ देवकोटाीकी आमा जीवन पोखरेलको ललितपुरको बागडोलस्थित निवासमा माघ १३ गते राति साढे सात बजे निधन भएको हो ।

बिक्रम संवत् २००० सालमा जन्ममिति भएकी स्व.पोखरेलका ६ बहिनी छोरी र एक छोरा छन् । छोराको दुर्घटनामा निधन भइसकेको छ ।

स्व.पोखरेललाई प्रमुख सचेतक देवकोटासहित ६ बहिनी र पति गदाधर पोखरेलले पशुपति आर्यघाटमा दागबत्ती दिएका छन् ।

स्व.पोखरेलका पति गदाधर पोखरेल संस्कृति विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक पनि हुन् ।

देवकोटासहित ६ बहिनीहरु १३ दिनको संस्कारमा बसेका छन् । स्व.पाेखरेलकी बुहारी विन्दु पाेखरेल पनि सासुकाे १३ दिनकाे संस्कारमा बसेकी छिन् ।

Published : Thursday, 2024 February 1, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया