खाल्डोमा खसेर प्रहरी हवल्दारको मृत्यु, एकजना घाइते
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ ।
बुटवलबाट मुग्लिनतर्फ जाने क्रममा राना सवार मोटरसाइकल भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित पुल बनाउन खनेको खाल्डोमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हवल्दार राना सवार ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई खाल्टोमा परेको थियो ।
मोटरसाइकल खाल्डोमा खस्दा चालक रुपन्देही रुद्रपुर १ बस्ने गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार राना र पछाडि सवार रुद्रपुर १ बस्ने ३७ वर्षीय विकासकुमार पुन घाइते भएका छन् ।
रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गयराति ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताएका छन् ।
मोटरसाइकल दुर्घटनामा घाइते पुनको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया