इलाममा पत्नीसँग झगडा, उग्ररुप लिएपछि हत्या
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा माङसेबुङ गाउँपालिका–२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
शुक्रबार साँझ उनीहरूबीच झै–झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 January 30, 7:37 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया