ट्रेड युनियन कांग्रेसद्वारा जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेसको दोस्रो केन्द्रीय समिति बैठक विभिन्न निर्णय गरेको छ ।

जनकपुरमा बसेको बैठकले महासचिव अजयकुमार राईद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष संजय कुमार दाहालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

ट्रेड युनियन कांग्रेसले संगठन विस्तार, परिचालन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढ्ने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष गणेशबहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

महासंघको अवधारण निर्माण गर्न वरिष्ठ उपाध्यक्ष कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ ।

कांग्रेसको आगामी महासमिति बैठकमा श्रमिक प्रतिनिधित्वका लागि दबाबमूलक कार्यक्रम गर्ने ट्रेड युनियन कांग्रेसले निर्णय गरेको महासचिव अजय राईले बताए ।

ट्रेड युनियन कांग्रेसले ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव पनि तोकेको छ ।

संगठन विभाग प्रमुखमा तेजेन्द्रजंग कार्की, उप–प्रमुखमा अर्चना बस्नेत, सचिवमा उत्तम गौतमलाई मनोनीत गरिएको छ ।

मानव अधिकार तथा ट्रेड युनियन विभाग प्रमुखमा गणेश बहादुर केसी, उपप्रमुख जर्नादन भट्टराई, सचिव कृष्ण अर्याललाई मनोनीत गरेको छ ।

आर्थिक विभाग प्रमुखमा ज्योति कोइराला, उप प्रमुखमा रशा गुरुंग र सचिवमा घनश्याम चापागाईँ मनोनीत हुँदा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा राधिका कुइँकेल, उप प्रमुखमा कमलकुमार खत्री र सचिवमा सुदिप बुढाथोकीले मौका पाएका छन् ।

सामाजिक सुरक्षा तथा श्रम सहकारी विभाग प्रमुखमा ललितबहादुर श्रेष्ठ, उप–प्रमुखमा कुलबहादुर खडका र सचिवमा शान्ति सिंहले जिम्मेवारी पाउँदा श्रम सम्बन्ध विभाग प्रमुखमा नेत्रबहादुर थापा, उपप्रमुखमा देवदत्त बडू र सचिवमा माधव उपाध्याय मनोनीत भएका छन् ।

योजना तथा अनुसन्धान विभाग प्रमुखमा राजेश पालिखे, उपप्रमुखमा तारा राई कार्की र सचिवमा विष्णु अधिकारी रहेका छन् ।

Published : Monday, 2024 January 22, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया