क्रिश्चियनको आरोप खेपेकी लक्ष्मीलाई पशुपतिमा काम नगर्न अदालतको आदेश
काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति तत्कालका लागि बदर भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशले कोषको गरिमालाई बचाउन सहयोग मिलेको छ ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले पुस २६ गते कार्यकारी निर्देशक पुनविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
पुस ४ गते पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । पुन नेकपा (माओवादी केन्द्र)की नेतृ हुन् । उनको जन्म भारतमा भएको हो ।
कोषको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । आलोचकहरूले पुनलाई क्रिश्चियन धर्म समर्थक भनेर आरोप पनि लगाएका छन् । पुन आफूले हिन्दु धर्म मान्छिन् वा मान्दैनिन् केही भनेकी छैनिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया