एसपी बस्नेतलाई एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएपछि एउटा दरबन्दी रिक्त थियो ।

एसएसपीमा बढुवा हुन बस्नेतसँगै हीराबहादुर पाण्डे र रविन्द्र रेग्मी पनि प्रतिस्पर्धामा थिए । गृह सचिवले अन्य एसपीहरूलाई एसएसपी बढुवामा सिफारिस गर्न नमानेपछि बस्नेतको मात्रै बढुवा सिफारिस भएको छ ।

Published : Sunday, 2024 January 21, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया