पालिकाहरूले खेल र खेलाडीहरूका लागि बजेट छुट्टाउनुपर्छ : सभापति बानियाँ
ललितपुर । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले खेलाडीहरूको सम्मानका लागि केही रकम पालिकाहरूले छुट्टाउनु पर्ने बताएका छन् ।
आइतबार ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा सभापति बानियाँले मेडल जितेका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका
खेलाडीहरूलाई पालिकाहरूले केहीन केही योगदान दिनुपर्ने बताए । उनले ललितपुर महानगरपालिकालाई खेलाडीप्रति सम्मान प्रकट गर्न बजेट दिन सुझाव दिए ।
सभापति बानियाँले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलाडीहरूका लागि बजेट दिएर विशेष योगदान गरेको बताए । बानियाँले मेयर महर्जनको निकै प्रशंसा गरेका छन् ।
सभापति बानियाँले ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले खेलकुदको क्षेत्रमा विशेष योगदान गरेको बताए । उनले विनोद महर्जनको अध्यक्षको पद सम्पन्न हुन लागेको बताउँदै अध्यक्षमा पुन: नियुक्तिका लागि आफूले पहल गर्ने बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया