सभापति खतिवडाले अख्तियार लगायतका विधेयकबारे सभामुखलाई जानकारी गराए
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विधेयकमाथि गम्भीर रुपमा छलफलहरू भइरहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलमा सभापति खतिवडाले आफ्नो समितिले सन्तोषजनक कामहरू गरिरहेको बताए । उनले अख्तियारको विधेयकमा समितिका सदस्यहरूबीच रचनात्मक रुपमा छलफलहरू भइरहेको बताए ।
समितिमा अख्तियारलाई थप सशक्त र प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रणमा अधिकार दिने गरेर छलफलहरू भइरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरूसँग पनि शान्ति सुरक्षा र समग्र विषयमा छलफलहरू भएको सभापति खतिवडाले सभामुखलाई जानकारी गराएका छन् ।
Published : Sunday, 2024 January 21, 3:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया