कांग्रेस बैठकमा पूर्वराजा शाहको ठूलो प्रशंसा, को हुन् प्रशंसा गर्ने नेता ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसा भएको छ ।
शनिबार ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पूर्वराजा शाहको निकै प्रशंसा गरेका हुन् । पुनले पूर्वराजा शाहमा ठूलो परिवर्तन भएको बताए ।
आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी भएका सभापति पुनले पूर्वराजा शाहमा सुधार भए पनि कांग्रेसका नेताहरुमा सुधार नभएको बताए ।
सभापति पुनले पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा भेट गरेका थिए । पूर्वराजा शाहसँग भेटका क्रममा भएको कुराकानी र सम्वाद पनि पुनले सुनाएको एक नेताले बताएका छन् ।
महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला निकट मानिने सभापति पुनले पूर्वराजा शाहको प्रशंसा गरेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।
पूर्वराजा शाहले शनिबार कपिलवस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका थिए । पूर्वराजा शाह पत्नी कोमल शाह र नाती हृदयन्द्र शाहका साथ लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमण गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया