मुख्यमन्त्रीहरुद्वारा प्रधानमन्त्रीसँग अधिकार माग, बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रदेशका मुख्यमन्त्रीहरुले संयुक्त रुपमा भेट गरेर अधिकार माग गरेका छन् ।
शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेट गरेर मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयन गराउन माग गरेका हुन् ।
मुख्यमन्त्रीहरूले संघीयता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्रीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका छन् ।
शुक्रबार हेटौंडामा सात प्रदेशका मुख्यमन्त्रीहरुको बैठक बसेको थियो । बैठकले गरेको निर्णयलाई प्रधानमन्त्री दाहाललाई भेट गरेर जानकारी गराएको बुझिएको छ ।
प्रधानमन्त्री दाहालसँगको भेटका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बालुवाटार गएका थिए । प्रधानमन्त्री दाहालसँगको मुख्यमन्त्रीहरुको भेटवार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया