काठमाडौं र ललितपुरमा प्रहरीद्वारा १५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट १५ जनालाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५० रुपियाँसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका–२ घर भएका ४० वर्षीय मानबहादुर देउला समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया