कांग्रेस केन्द्रीय कार्यालयमा कात्तिक ११ गते विशेष कार्यक्रम, सभापति देउवा आफैले स्वागत गर्ने
काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमा अर्थात कात्तिक ११ गतेका दिन चियापान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम राखेको जनाएको छ ।
कांग्रेसले यस वर्ष पनि निरन्तरता दिंदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
कार्यक्रम दिउँसो १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा सहभागी हुन आउने पाहुनाहरूलाई सभापति शेरबहादुर देउवा आफैले स्वागत गर्नेछन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्री परिषदका सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेशागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न संञ्चार माध्यमका प्रमुखहरू, पत्रकारहरू, गैर–आवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरू लगायतका विशिष्ट महानुभावहरू, नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूको सहभागिता हुनेछ ।
विक्रम संवत् २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया