विमानस्थलका व्यापारीहरू प्रदीपसँग फायर
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वाणिज्य विभागमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका रेष्टुरेन्टहरूमा अनुगमन भएपछि व्यापारीहरू फायर भएका छन् ।
प्राधिकरणको नेतृत्वलाई मोटो रकम बुझाएर विमानस्थलभित्र रेस्टुरेन्ट र पसलहरू सञ्चालन हुँदै आएका छन् । विमानस्थलभित्र प्रदीप श्रेष्ठले लामो समयदेखि न्यायालयको अन्तरिम आदेशका भरमा पसल सञ्चालन गर्दै आएका छन् । श्रेष्ठले पसलमार्फत डलर तस्करीसहितका विभिन्न गतिविधि गरेपछि पक्राउ परेर छुटेका व्यक्ति हुन् ।
दशैँका बेला महानिर्देशक अधिकारीले छापामार्न लगाएर जरिवाना गराएको आरोप व्यापारीहरूले लगाएका छन् । अधिकारीले किन छापामार्न लगाएका हुन् भनेर व्यापारीहरूले खोजविन शुरु गरेका छन् ।
विमानस्थलका रेस्टुरेन्टर र पसल सञ्चालकहरूले प्राधिकरणका कर्मचारीहरूलाई विभिन्न रक्सीसहितका उपहारहरू दिने गरेको स्रोतको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया