दीपनगरमा चित्रबहादुर केसीको घर भेटियो
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको रुपन्देहीको दीपनगरमा घर रहेको खुलासा भएको छ ।
सामाजिक सञ्जालमा टेम्पो चढ्ने नेता केसीको घर भनेर तस्बिर भाइरल भइरहेको छ । घर नेता केसीको हो वा परिवारका सदस्यको हो केही भनिएको छैन । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा केसीसँग सम्पर्क भएन ।
दीपनगरमा केसीको पुर्ख्यौली दुइटा पक्की घर रहेको आरोप लागेको छ । ती घर र सम्पत्तिका बारेमा केसीले कहिल्यै बोलेका छैनन् ।
ती घरका ९ वटा सटर भाडामा लगाइएको आरोप छ । केसीका छोरा–बुहारी र नाती गरी पाँच जना जापानमा रोजगारीमा रहेको सामाजिक सञ्जालमा लेखिएका छन् ।
पूर्वउप–प्रधानमन्त्री समेत रहेका सांसद केसीकी छोरीका अर्थात् नातीहरू अस्ट्रेलियामा छन् ।
केसी काठमाडौंमा भाडाको घरमा बस्दै आएका छन् । उनले आफूसँग सम्पत्ति नरहेको बताउने गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया