कांग्रेसप्रति ओली नरम, गरे यस्तो गुनासो, मध्यावधिबारे एमालेको अर्कै कुरा
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेसको बोल्ने हविगत नै नभएको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले कांग्रेसलाई बिचराको संज्ञा दिएका छन् । उनले भने, ‘देशमा कांग्रेस कहाँ छ ! घोच्दा दुख्छ–दुख्दैन भनेर यसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा कांग्रेसका नेताहरू ।’
‘राजनीतिक गर्ने पाटीले बोल्नु पथ्र्याे । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’, ओलीले भनेका छन् ।
ओलीले देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस नबोलेको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् ।
‘उहाँ सन्चै जानुभयो, सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन’, ओलीले भनेका छन् । प्रचण्डको महाकालेश्वरदेखि मानसरोवरसम्मको धार्मिक यात्रालाई अध्यक्ष ओलीले पाप पखाल्न गएको आरोप पनि लगाएका छन् ।
उनले भने, ‘तपाईँहरू घरमा पूजा लगाउनु हुन्छ नि ! कसले कत्रो पाप गरेको छ, उसले उत्रै पूजा लगाउँछ । उहाँको यात्रा पनि त्यस्तै हो ।’
फरक प्रसङ्गमा ओलीले साम्प्रदायिक विद्वेष फैलाउने काम भइरहेको बताएका छन् । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेष फैलाउने काम हुँदैन’, ओलीले भने, ‘यो देश र जनताका लागि राम्रो होइन, हितकर होइन । आफ्ना अभिष्ट पूरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’
ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्नसमेत दलहरूलाई आग्रह गरेका छन् । अहिले मध्यावधितर्फ जानु उचित नभएको बताएका छन् ।
ओलीले मध्यावधिमा गए एमालेबाहेक अरू दलको सिट घट्ने जनाएका छन् । ‘अहिले हामीले ४० सिट जितेका छौँ’, उनले भने, ‘अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया