गुटको भेलामा महामन्त्री गगन थापा प्रमुख अतिथि, ससुरा विशेष अतिथि
काठमाडौं । भागबण्डा र गुटको राजनीतिको अन्त्यको नारा लगाएर नेपाली कांग्रेसको महामन्त्री पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका गगनकुमार थापाले गुटको भेलामा सहभागी भएर जथाभावी अभिव्यक्ति दिएका छन् ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित बागमती प्रदेशस्तरीय कथित ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’को नाममा गरिएको भेलालाई थापाले सम्बोधन गरेका छन् । थापाले निराशाजनक अभिव्यक्तिहरू दिएका छन् । उनले सरकारविरोधी अभिव्यक्ति दिएका छन् ।
महामन्त्री थापाले गुटको भेला र बैठकहरू गरेर कार्यकर्ताको मनोबल गिराउने अभिव्यक्ति दिएपछि कांग्रेसको भविष्यलाई लिएर चिन्ता बढाएको छ । थापाबाट नेता कार्यकर्ताले गुटको भेला र बैठक राखेर पार्टीभित्रको विवाद सडकमा लैजानेछन् भनेर जिताएका होइनन् ।
महामन्त्री थापाले पार्टीको औपचारिक कार्यक्रमहरूमा नेतृत्वको आलोचना गर्नु स्वभाविक छ । पार्टीको कार्यक्रममा नेता तथा कार्यकर्ता वा सरकारमा सहभागी मन्त्रीले काम गर्न सकेनन् भनेर आलोचना पनि गर्न पाइन्छ । तर, महामन्त्री जस्तो व्यक्ति गुटको भेला गरेर जथाभावी बोल्नु अनुशासनहीन कार्य रहेको आरोप लागेको छ ।
थापाले आफूलाई सुधार गरेर लैजानुपर्छ । होइन भने कांग्रेसविरुद्ध अभिव्यक्ति दिने, मिशन २०८४ भनेर निराजनक कार्य गर्ने, काम नगर्ने भएपछि कांग्रेस पार्टीलाई त केही नहोला, महामन्त्री थापालाई निश्चय पनि नोक्सानी हुनेछ ।
काठमाडौं ४ बाट प्रतिनिधि सभामा पटक पटक निर्वाचित भएका थापाले आफ्नो क्षेत्रको विकास कसरी गर्ने भनेर धेरै समय दिँदा उचित हुन्छ । होइन भने २०८४ को चुनावमा थापा काठमाडौं ४ बाट कि पराजित हुनेछन् । होइन भने थापा निर्वाचन क्षेत्र परिवर्तन गर्न बाध्य हुनेछन् ।
गुटको भेलाको प्रमुख अतिथि महामन्त्री थापा थिए । विशेष अतिथि थापाकै ससुरा अर्जुन नरसिंह केसी रहेका थिए । नातावादको आलोचना गर्ने थापाको गुटको भेलामा ससुराहरूकै हालीमुहाली थियो ।
कार्यक्रममा दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, मधु आचार्य, डा.गोविन्द पोख्रेल, अजयबाबु शिवाकोटी, गणेश लामा लगायतको उपस्थिति रहेको थियो ।
गुटको भेला करिब ५ घण्टा चलेको थियो । भेलामा बोल्ने नेताहरूले कांग्रेस नेतृत्व अर्थात् संस्थापन विरुद्ध जाभावी अभिव्यक्ति दिनेदेखि गठबन्धनको सरकारलाई भत्काउनेसम्म धम्की दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया