आठ वर्षीय पुलामीको शव होस्टेलमा झुण्डिएको अवस्थामा फेला
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालकसलाम पुलामीको शव भेटिएपछि आफन्तले तोडफोड र प्रदर्शन गरेका छन् ।
होस्टेलमा पुलामी मृत भेटिएका थिए । पुलामीको शव झुण्डिएको अवस्थामा शुक्रबार राति फेला परेको प्रहरीले जनाएको छ ।
पुलामी चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेख निवासी हुन् ।
पुलामी उषा बालवाटिकामा कक्षा २ मा अध्ययनरत थिए । पुलामीको मृत्युको घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दालन गरेका छन् । आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् ।
आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।
प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रबहादुर थापाले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया