प्रदीपले ठूलो डिजास्टर निम्ताउन लागे, कोरियासँग कुटनैतिक सम्बन्ध बिगार्ने तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अहँकार र घमण्डले सिमानालाई छुन थालेको छ ।

प्राधिकरणभित्र अधिकारीले आफ्नो निर्णय जबरजस्त रुपमा लागू गर्ने गरेका छन् । उनका निर्णयहरू प्राधिकरणलाई फाइदा हुनेभन्दा पनि बेफाइदा धेरै हुने खालका धेरै छन् । निजी लगानीको हिमालयन एयरलाईन्सको कार्यक्रममा ज्वाइँ जस्तै गरेर सहभागी हुँदै आएका महानिर्देशक अधिकारी दक्षिण कोइरियासँगको कुटनैतिक सम्बन्ध बिगार्ने योजनामा लागेका छन् ।

महानिर्देशक अधिकारीले नेपाल एयरलाईन्सलाई पनि नोक्सानीहरू हुने गरेर गतिविधि गरिरहेका छन् । कोरियाले नेपाल एयरलाईन्सलाई उडान अनुमति दिन मानेको छैन भने कुटनैतिक पहलद्वारा समाधान खोज्नुपर्छ । तर, महानिर्देशक अधिकारीले आफू नै सबै हो भन्ने जस्तो गरेर गतिविधि गरिरहेका छन् । उनका ती निर्णयले नेपाल एयरलाईन्सलाई फाइदाभन्दा पनि नोक्सानी नै हुनेछ ।

अधिकारीका हर्कतले गर्दा नेपाल र दक्षिण कोरियाबीच हवाई सम्झौता भए पनि कोरियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति दिएको छैनन् ।

महानिर्देशक अधिकारीले कोरियन एयरलाइन्सको उडान रोक्ने तयारी गरेका छन् । अधिकारीको यो हर्कत निकै महँगो हुनेछ । कोरियान एयरलाईन्सको एजेन्टसँग महानिर्देशक अधिकारीको कहाँ कुरा मिलेको छैन रहस्यको विषय बनेको छ ।

महानिर्देशक अधिकारीले कोरियन एयरलाइन्सलाई टिकट बिक्री नगर्न निर्देशन दिइसकेका छन् । वैदेशिक रोजगारका लागि दक्षिण कोरिया नेपालीहरूको आकर्षक गन्तव्य हो । नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाएकै कारण कोरियन एयरको एकाधिकार कायम भई नेपाली यात्रुहरूले महँगोमा यात्रा गर्नुपरेको छ ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००१ मा हवाई सेवा सम्झौता भएको छ । दुई देशबीच हवाई सेवा सम्झौता भइसकेपछि एक देशको वायुसेवा कम्पनीले अर्काे देशमा उडान गर्न पाउँछ ।

नेपालले चारवटा नेपालबाट र चारवटा कोरियाबाट उडान गर्न पाउने सम्झौता छ । नेपाललाई कोरियाले हेपेर नेपाली विमानलाई अनुमति दिएको छैन ।

महानिर्देशक अधिकारी धेरै जान्ने भएर कोरियन उडान रोक्न तम्सेका छन् । यस्तो विषय परराष्ट्र मन्त्रालयले समस्या मिलाउनुपर्ने थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई सिंहदरबारको कुनाभित्र थन्काउन सफल भएका महानिर्देशक अधिकारी अहिले मन्त्रीले भन्दा पनि ठूला निर्णयहरू गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संरक्षण गरेपछि महानिर्देशक अधिकारीको निकै चुरीफुरी बढेको छ ।

Published : Tuesday, 2023 September 26, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया