एमालेको युवा संघका उपाध्यक्षको नेपाल र भारतका २ नागरिकता
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष मोहम्मद मजहर आलमको दोहोरो नागरिकता रहेको आरोप लागेको छ ।
एमालेका जिल्लास्तरीय नेता आलम विराटनगर महानगरपालिका– १७ रानी निवासी हुन् । आलमले नेपालबाट बंशज नागरिकता लिएका छन् ।
आलमले भारतको अररिया जिल्लाको यादव टोला शैफगंज ईदगाहा नजिक शिफगंजबाट पनि भारतीय नागरिकता लिएको पाइएको छ ।
आलमले नेपालबाट २०६६ साल जेठ ५ गते बंशजको नागरिकता लिएका हुन् । नेपाली नागरिकतामा बुवा अब्बास मियाँ र आमाको नाम मोबिना खातुन उल्लेख छ ।
भारतीय आम आदमीका अधिकार कार्डको नम्बर ८८१९११९३४३८० उल्लेख गरिको छ । बिहार राज्य अन्तर्गत आयकर विभागको स्थायी लेखा संस्था कार्डको नम्बर इभी एन पी एम २३५५ सि रहेको छ ।
युवा संघका उपाध्यक्ष आलमको दोहोरो नागरिकता भेटिएपछि विरोध भइरहेको छ । आलमलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया