सहकारी विभागमा धम्की र कमिशन काण्ड, रजिष्टार र उप-रजिष्टारलाई फाल्न माग

काठमाडौं । सहकारी विभागका रजिष्टार नमराज घिमिरे र उप–रजिष्टार खिमानन्द आचार्यले समस्याबाट गुज्रिरहेका सहकारीहरूलाई झन् तनाब दिइरहेका छन् ।

कोरोना महामारीपछि मुलुकको अर्थ व्यवस्था नै संकटमा रहेका बेला सहकारीहरू पनि समस्यामा छन् । धेरै सहकारी उठ्न नसक्ने गरेर बन्द भएका छन् । केही सहकारीहरूले व्यवस्थापन गरेर कारोबारलाई मिलाउने प्रयास गरिरहेका छन् । छिटफुट सहकारी बाहेक अधिकांश सहकारीले आफूलाई धरातलमा उभ्याउन खोजेका छन् । आफै उभिन खोजेका सहकारीहरूलाई पनि विभागका उच्च कर्मचारीहरूले विभिन्न खालका दु:ख दिने र कमिशन माग गरेर हैरान बनाएपछि न्यायका लागि कहाँ जाने भनेर सहकारीका सञ्चालकहरू दिक्क छन् ।

भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या सुधारमा काम गर्न सकेकी छैनिन् । उनले विभागलाई निर्देशन दिएर समस्या समाधानमा काम गर्न नसकेपछि विभागका रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यले आफू खुसी काम गरिरहेका छन् ।

सरकारले सबै सहकारीहरूलाई एउटै बास्केटमा राखेर दुश्मनको व्यवहार गरिरहेका बेला सहकारी विभागका रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यले विभिन्न बहानामा सञ्चालकहरूलाई दिएको गुनासो आएका छन् । विभागले निक्षेपकर्ताहरूको रकम फिर्ता गराउन भूमिका खेल्नुपर्छ । विभागले निक्षेपकर्ता मात्रै होइन सहकारीहरूलाई पनि संरक्षण गर्नुपर्छ ।

तर, विभागका रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यले संकटमा रहेका सहकारीका सञ्चालकहरूलाई राजनीतिक शक्तिको आडमा बोलाएर आफू निकटका व्यक्तिको रकम दिन दवाव दिने गरेका छन् ।

रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यले सहकारीका सञ्चालकहरूलाई विभागमा बोलाउने र उजुरी दिएका निक्षेपकर्तालाई बोलाएर रकमका लागि दवाव दिने गरेका छन् । रकम उठ्यो भने निक्षेपकर्तासँग उनीहरूले दशप्रतिशत कमिशन लिने गरेको आरोप छ ।

आरोपका बारेमा घिमिरे र आचार्यसँग प्रतिक्रिया लिन मंगलबार दिउँसो विभागमा फोन गर्दा फोन उठेन ।

विभागका रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यका गतिविधिहरू निकै खराब छन् । सहकारी र निक्षेपकर्ताहरूबीचको समस्या समाधानमा विभागले भूमिका खेल्न नसकेको भनेर रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यको आलोचना भइरहेको छ ।

विभागका रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले संरक्षण गरेका छन् । उनीहरूलाई संरक्षण गर्नका लागि गृहमन्त्री श्रेष्ठकी सहयोगी सुशन कर्माचार्यले ठूलो दवाव दिने गरेको चर्चा छ ।

सुशन कर्माचार्यको सहकारीले पनि निक्षेपकर्ताको रकम खाइदिएको छ । कर्माचार्यको सहकारीको समस्या लुकाउनका लागि विभागका रजिष्टार घिमिरे र उप–रजिष्टार आचार्यले ठूलो हर्कत गरिरहेको पीडितहरूको आरोप पनि छ । सहकारीका सञ्चालकहरूले घिमिरे र आचार्यलाई हटाएर सहकारी र निक्षेपकर्ताको भावना बुझेका कर्मचारीलाई ल्याएर सहकारीको सहस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

Published : Tuesday, 2023 September 26, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया