गैरीगाउँमा चार जनाको हत्या गर्ने भण्डारीले मासु मागे, न्यायाधीशलाई धम्की
काठमाडौं । काठमाडौंको गैरीगाउँमा खुकुरी हानेर ४ जनाको हत्या गर्ने २३ वर्षीय सञ्जय भण्डारीले प्रहरीलाई विभिन्न हर्कत र माग गरेर हैरान बनाएका छन् ।
प्रहरीको हिरासतमा रहेका उनले अन्टसन्ट माग र कुरा राखेर दिक्क लगाएका छन् । भण्डारीले प्रहरीसँग खाना खाने क्रममा मासु माग्ने गरेका छन् । मासु भएन भने उनले खाना नै खाँदैनन् ।
आफू बाहिर रहँदा सधैँ मासु खाने गरेको भन्दै भण्डारीले प्रहरीसँग मासु मागेर दिक्क बनाउने गरेको बुझिएको छ । भण्डारी बोल्न र सुन्न सक्दैनन् । उनी साँकेतिक भाषाको प्रयोग वा लेखेर प्रहरीसँग कुराकानी गर्छन् ।
उनी प्रहरीहरूसँग आक्रामकसमेत हुने गरेका छन् । उनी अदालतमा बयानका क्रममासमेत न्यायाधीशसँगसमेत आक्रामक रूपमा प्रस्तुत भएका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीशले उनीसँग ३० मिनेटभन्दा बढी समय लगाएर दोभाषेको माध्यमबाट सोधपुछ गरेका थिए ।
तिमीले हत्या भएका व्यक्तिलाई चिन्छौं ? भनेर प्रश्न गर्दा ‘मैले सबैलाई चिन्छु, तपाईंलाई पनि अब चिन्छु’ भनेर जवाफ फर्काएको कानून व्यवसायी र प्रहरीले जनाएको छ ।
भण्डारीले दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय विशाल राई ‘नवीन’लाई खुकुरी प्रहार प्रहार गरी हत्या गरेका थिए ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थायी घर भएका भण्डारी आफन्तसँग काठमाडौंको काँडाघारीमा बस्दै आएका थिए ।
चाबहिलमा करीव ६ महिना अगाडि मोटरसाइकलले ठक्कर दिएको विवादमा भण्डारीले बदला लिन आबेगमा आएर खुकरी प्रहार गरेर हत्या गरेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया