कांग्रेसको महासमिति बैठक मंसिरको दोस्रो हप्ता काठमाडौंमा गर्न प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको बैठकमा तीन वटा प्रस्तावहरू प्रस्तुत भएका छन् ।
बिहीबार ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा मीनबहादुर विश्वकर्माले महासमितिको बैठक आगामी मंसिर १३, १४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव पेश भएको बताए ।
उनले अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेको बताए ।
‘नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमितिको बैठक मंसिर १३, १४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव आएको छ’, विश्वकर्माले भने ।
‘अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो’, उनले भने ।
महामन्त्री थापाले आठ जना केन्द्रीय सदस्यहरू सभापति शेरबहादुर देउवाद्वारा मनोनयन गरिएको प्रस्ताव पनि बैठकमा पेश गरेका छन् ।
नेता विश्वकर्माले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उप–सभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेको बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया