मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न मन्त्री बस्नेतको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत् समस्या समाधान गर्न सफल भएको बताए ।
उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताएका छन ।
उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेको समेत जानकारी दिएका छन् ।
उनले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौंमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताए ।
मन्त्री बस्नेतले मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको बताएका छन् ।
मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई नि:शुल्क उपचारको व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गरेका छन् ।
उनले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताए ।
मन्त्री बस्नेतले उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार रुपियाँ बिरामीलाई हस्तान्तरण गरेका हुन् ।
स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा संघमा आयोजना गरिएको भेलामा उनले अमेरिका, कोरिया, जापानलगायतका देशमा कार्यरत सिन्धुपाल्चोकवासीबाट संकलन गरिएको ११ लाख ८६ हजार रुपियाँ र स्थानीयवासीबाट संकलित ४० हजार गरी जम्मा १२ लाख २६ हजार रुपियाँ बिरामीलाई हस्तान्तरण गरेका छन् ।
उनले डायलासिस गराइरहनुभन्दा जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै उनले प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए ।
भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पुर्याउने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया