मलद्वारभित्रको सुनले काभ्रेमा तनाब, गुण्डाहरूको भागाभाग
काठमाडौं । मलद्वारमा एक किलो सुन बरामद भएपछि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकभित्र खैलाबैला भएको छ ।
विकास योञ्जन र उनका भरियाहरू पक्राउ परेपछि बबाल भएको छ । योञ्जन विभिन्न अपराधमा संलग्न भएका व्यक्ति हुन् । सुन तस्करीमा जोडिएका र जोडिने डरले त्रासमा बसेका गुण्डाहरू तनाबमा परेका छन् । कोही गुण्डाहरू फरार भएका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विमानस्थल बाहिर विकास योञ्जनले मलद्वारमा लुकाइ ल्याएको सुन बरामद गरेको थियो ।
महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जनले निकै सम्पत्ति जोडेका छन् । उनले सुन तस्करी र अन्य अपराधका घटना गरेर अकुत सम्पत्ति जोडेको चर्चा छ ।
विकास योञ्जनको कनेक्सन काभ्रेपलाञ्चोक जिल्लाका कांग्रेस र गुण्डाहरूसँग निकै राम्रो सम्बन्ध रहेको छ । विकासलाई काभ्रेली गुण्डाहरूले नै संरक्षण गर्दै आएका छन् ।
विकास र काभ्रेली कांग्रेस तथा गुण्डाहरूका बीच टेलिफोन कुराकानीको रेकर्ड तथा कल डिटेल्स प्रहरीले निकालेको स्रोतले जनाएको छ ।
सवारी साधनको प्रयोग तथा पक्राउपछि भरियाहरूले गरेको प्रारम्भीक बयान र बरामदी चेकका आधारमा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
काभ्रे कांग्रेसका एक नेताको नामको खाताबाट विकास योञ्जनका नाममा भुक्तानी गरिएको करिव एक करोड बराबरको चेक पनि बरामद गरिएको सवारी साधनमा फेला परेको छ ।
काभ्रे कांग्रेसका नेता र गुण्डाहरूले विमानस्थलमा सेटिङ्ग मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी गर्दै आएको आरोप छ ।
हप्ताको दुई किलोका दरले मासिक १० किलो सुन ल्याउने गरेको विकास योञ्जनको समूहले दुई वर्षको अवधीमा २ सय किलोभन्दा धेरै सुन ल्याएर बिक्री गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
विकास योञ्जन तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भीक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ ।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ हाल पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–५ साविक शिसाखानी गाविस–३ घर भएका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानोपखेरा घर भई बनेपा ९ बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई भदौ २५ गते बिहान ९ बजेर २५ मिटनको समयमा दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली अबैध सुन लुकाइ–छिपाइ याएको भन्ने सूचनाका आधारमा काठमाडांै जिल्ला प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा विमानस्थल बाहिर सार्वजनिक खण्ड पेटी किनारमा हिँड्दै गरेको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
भरिया बाबुलाल दोङलाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा बालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन फेला परेको थियो । सुन कुरेर बसेका अन्य दुई र उनीहरूले प्रयोग गरेका दुईवटा सवारी साधनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ ढल्कुस्थित विगमार्टको पार्किङबाट नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुगेंलले बताएका छन् ।
भरियाको साथबाट ९६० केजी सुनसहित वागमती प्रदेश ०१–२७ प.च. ९९६० नम्वर को क्रेटा गाडी र वागतमी प्रदेश ०२ ०३० प.८५१७ नम्वरको कालो रंगको बुलेट मोटरसाईकल, रेडमी कम्पनीको मोवाईल, पिए १६०८५३८ नम्वरको राहदानी बरामद भएको छ । बरामद भएको चेकका बारेमा प्रहरी बोलेको छैन ।
गाडी र मोटरसाईकल दुवै विकास योञ्जनले प्रयोग गर्ने गरेको भए पनि काभ्रे कांग्रेसका एक उच्च नेताले समेत प्रयोग गर्दै आएका थिए ।
सामान्य परिवारका विकास योञ्जनको ठूलो पेशा व्यवसाय छैन । विकास योञ्जन आलिसान महलमा बस्छन् । अरबौको सम्पती र सवारी साधन जोडेका छन् ।
पटक–पटक अपहरण र दिउँसै मोटरसाईकल चोरी गर्दा गर्दै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएर सजाय भोगेका विकास योञ्जनको पृष्ठभूमि आपराधिक छ ।
विकास योञ्जन भीमफेदी कारागारबाट रिहा भई विदेशसमेत बसेर फर्किएका व्यक्ति हुन् ।
सुन तस्कर विकास योञ्जनले निर्वाचनका समयमा एक करोड चुनावी खर्च उपलब्ध गराएका थिए ।
सुन तस्कर तथा अपराधमा संलग्न विकास योञ्जनलाई काभ्रे कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को ‘१’ प्रदेश सभाबाट समानुपातिक सांसदका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।
विकास योञ्जन वर्षमा ८ पटकसमेत पर्यटक भिसामा जाने आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया