प्रदीप अधिकारीले कर्मचारीहरूलाई मुख छाडे, मन्त्रीलाई औकातमा ल्याइदिए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बोल्ने शैली र गतिविधिले कर्मचारीहरू हैरान बनेका छन् ।

तीन दिन अगाडि हिमालयन एयरलाईन्सको चीनको छिन्ताउमा नयाँ गन्तव्यमा उडान भर्दा आयोजित कार्यक्रममा महानिर्देशक अधिकारीले केही कर्मचारीहरूलाई अपशब्द बोलेर दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अधिकारीले निकै तल्लोस्तरको शब्दहरू प्रयोग गरेर विमानस्थलका ४/५ जना कर्मचारीहरूलाई गाली गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती थिए । किराँतीलाई पनि महानिर्देशक अधिकारीले गालीगलौज गरेको एक कर्मचारीले बताएका छन् ।

कार्यक्रममा हिमालयन एयरलाईन्सले मन्त्री किराँतीलाई भन्दा पनि महानिर्देशक अधिकारीलाई निकै चाप्लुसी गरेको थियो । अधिकारीलाई एयरलाईन्सले ज्वाइँलाई जस्तो स्वागत र सत्कार गरेको थियो ।

कार्यक्रममा महानिर्देशक अधिकारी मन्त्री किराँतीको पछाडि बसेका थिए । मन्त्रीको पछाडि बसेरा खिसीटिउरी गरेको प्रत्यक्षदर्शी एक कर्मचारीले बताएका छन् । अधिकारीले किराँतीविरुद्ध पनि निकै तल्लोस्तरका शब्द बोलेको आरोप छ ।
मन्त्रीले अधिकारीलाई स्पष्टीकरण सोधेका थिए । महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई ‘यसको बा…ले पनि मलाई निकाल्न सक्दैन । यसकै दिन गन्न थालिसकेको छ’ भनेर आफू निकटका कर्मचारीहरूलाई सुनाएको ती कुरा सुन्ने कर्मचारीले बताएका छन् ।

महानिर्देशक अधिकारी निकै अराजक शैलीमा प्रस्तुत हुने गरेका छन् । अधिकारीले आफ्नो पदीय जिम्मेवारी के हो भन्ने कुरालाई बेलाबेला भुल्ने गरेका छन् । उच्चस्तरको कर्मचारी भएर बोल्ने शैली र गतिविधिले प्राधिकरणका कर्मचारीहरू निकै आजित बनेका छन् ।

महानिर्देशक अधिकारीले तल्लोस्तरको गालीगलौज र अपशब्द बोल्न भएका कारण कर्मचारीहरू उनको अगाडि जान मन गर्दैनन् । महानिर्देशक अधिकारीका सामु मन्त्री किराँती निरीह बनेका छन् । सामान्य कर्मचारी जस्तै गरेर कार्यक्रममा बस्ने गरेका छन् ।

स्पष्टीकरण प्रकरणपछि मन्त्री किराँती र महानिर्देशक अधिकारीबीच कुरा मिलेको छ । उनीहरू बेलाबेला कार्यक्रमहरूमा सँगै देखिने गरेका छन् । मन्त्री किराँतीलाई महानिर्देशक अधिकारीले साइजमा राखेका छन् ।

Published : Thursday, 2023 September 14, 3:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया