लुम्बिनीमा भदौ ३० भित्र मन्त्रिपरिषद विस्तार हुने, संसदीय समिति पनि बन्ने
काठमाडौं । लुम्बिनी प्रदेश सत्ता गठबन्धनका दलहरूको बैठकले मन्त्रिपरिषद विस्तार र संसदस्य समितिहरू गठनका विषयमा सहमति जनाएको छ ।
बुधबार बसेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितका दलहरूको बैठकमा मन्त्रिपरिषद विस्तार र संसदीय समितिहरू गठनका विषयमा सहमति बनेको हो ।
माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले भदौको ३० गतेभित्र लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार हुने बताए । उनले भने, ‘मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भदौ ३० गतेभित्र मन्त्रिपरिषद विस्तार गर्छु भनेर बोल्नुभएको छ । केही प्राविधिक कुरा थिए । त्यसलाई मिलाएका छौँ ।’
मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता चौधरीले पनि छिटै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । उनले सबै तयारी भएको र सरसल्लाह गरेर अगाडि बढ्ने बताएका छन् ।
अध्यक्ष बरालले प्रदेश सभाअन्तर्गतका संसदीय समितिहरू पनि बनाउने सहमति बनेको बताएका छन् । कुन समिति कसले लिनेभन्ने बारेमा पनि सहमति नजिक पुगिएका उनले बताए ।
माओवादी र कांग्रेसबाट केही मन्त्रीहरूले शपथ लिन बाँकी छ । कांग्रेस र माओवादीले मन्त्री बन्ने प्रदेश सभा सदस्यहरूको नाम पनि सिफारिस गरिसकेका छन् ।
तीन/चार महिनादेखि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएपछि माओवादीले अलिक धेरै चासो देखाइरहेको छ ।
बरालले सरकारको कामकारबाहीको समीक्षा र भावी रणनीतिहरूका विषयमा पनि छलफल भएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया