भक्तपुरका बबालीहरूद्वारा वीरगञ्जमा बबाल गरे, प्रहरीसहित ११ जना घाइते
वीरगञ्ज । वीरगञ्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकबीच झडप भएको छ । झडपमा ११ जना घाइते भएका छन् ।
उनीहरूले प्रहार गरेको ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन् । वीरगञ्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र पहिलेदेखि बस्दै आएका बालकहरूबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातभर तनावग्रस्त भएको छ ।
झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएका पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताएका छन् ।
घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ ।
प्रहरी उपरीक्षक शाहले भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएकामध्ये १८ जना बालकहरूलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो ।
वीरगञ्जमा पहिलेदेखि १३१ जना बालकहरू थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकहरू रहेका गृह प्रमुख टीका काफ्लेले बताएका छन् ।
भक्तपुरबाट ल्याएर राखिएका बालकहरूले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेका थिए ।
कुटपिटको विषयमा वीरगञ्जमा पहिलेदेखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकबीच विवाद भइ झडप भएको थियो ।
त्यस क्रममा उनीहरूले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो । सुधार गृहभित्रबाट बालकहरूले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृहभित्र छिर्न दिएनन् ।
ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका प्रहरी उपरीक्षक शाहले बताएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेका थिए ।
बुधबार बिहानसम्म पनि प्रहरीलाई सुधार गृहभित्र रहेका बालकहरूले प्रवेश गर्न नदिएको सुरक्षामा खटिएका पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले बताए ।
सुधार गृहमा प्रदर्शन गरिरहेका बालकहरूले सुधारगृहमा आफूहरूलाई खाना राम्रो नदिएको, घरमा फोन गर्दा एक कलको १ सय रुपियाँ लिने गरिएको, एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको, शौचालय पनि राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप पनि लगाएका छन् ।
प्रहरी उपरीक्षक शाहले सुधार गृहभित्रको स्थिति सामान्य बनाउन प्रयास गरिरहेको र बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित आफूहरू पुगेर त्यहाँ प्रदर्शनमा रहेका बालकहरूसँग संवाद गरेर समस्या समाधानको पहल गरिने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया