धरानमा उप–प्रमुखको घरमा हतियारधारी समूहबाट आक्रमण
काठमाडौं । धरान उप–महानगरपालिकाका नगर उप–प्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले तोडफोड गरेको छ ।
घरमा प्रवेश गरी हतियारधारी समूहले उप–प्रमुख बेघाका भाइलाई खुकुरी प्रहार गरेको छ । बेघाको देब्रे गालामा खुकुरी प्रहारबाट चोट लागेको छ ।
धरान उप–महानगरपालिका वडा नं. १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरूले बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । हातहतियारसहितको समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उप–प्रमुख बेघाले प्रहरीलाई फोन गरेका थिए ।
घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जनाएका छन् ।
घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन् । सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरूको खोजी थालिएको जनाएको छ ।
बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन् ।
धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन् । धरानका प्रमुख हर्क साम्पाङबाट नियमित सार्वजनिक भइरहेका आपत्तिजनक अभिव्यक्तिले पनि तनाव बढाएको भन्दै उनको आलोचना हुने गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया