प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटारमा दाहाल र देउवाबीच भेटवार्ता भएको हो । उनीहरूका बीच के विषयमा छलफल केन्द्रित थियो केही भनिएको छैन ।

समसामयिक राजनीतिक, अमेरिका तथा चीन भ्रमणलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

दुई नेताबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनको संशोधन विधेयकका बारेमा समेत कुराकानी भएको छ ।

Published : Monday, 2023 September 11, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया