रवि लामिछानेले स्थापना गरेको ग्यालेक्सी फोरके टेलिभिजनका मालिक पक्राउ
काठमाडौं । पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडका कोषाध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको छ ।
उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
सहकारी अर्का सञ्चालक जीबी राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । उनी ग्यालेक्सी फोर केका सञ्चालक समेत हुन् । रवि लामिछने ग्यालेक्सी फोर के टेलिभिजनका तत्कालीन सञ्चालक पनि हुन् । विगतमा लामिछाने र राईका विज्नेश पाटर्नर हुन् ।
Published : Monday, 2023 September 11, 9:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया