गृहमन्त्री श्रेष्ठको अराजकताविरुद्ध तरुण दल शीतल निवास पुग्यो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेर मुलुकको कमजोर शान्ति सुरक्षाका बारेमा जानकारी गराएका छन् ।
सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलसँग अध्यक्ष गुरुङले भेट गरेका हुन् । भेटमा पौडेलको स्वास्थ्य अवस्थाका बारेमा कुराकानी भएको थियो । अध्यक्ष गुरुङले गृहमन्त्रीका पछिल्ला गतिविधि अराजक र कानून विपरितका भएको गुनासो गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष गुरुङले तरुण दलको योजना र कार्यक्रम तथा महाधिवेशन लगायतका विषयमा जानकारी गराएका छन् ।
तरुण दलले शान्ति सुरक्षा कमजोर भएको तथा राजनीतिक पूर्वाग्रही भएको भनेर आन्दोलन गरिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका नेताहरूमाथि मात्रै अनुसन्धानको नाममा पक्राउ गरेर थुनामा पठाउने कार्य गरेको तरुण दलको आरोप छ ।
तरुण दलले अपराधमा संलग्न माओवादी केन्द्रका नेताहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आएको छ ।
केही दिन अगाडि काठमाडौंको मुटु मानिने भृकुटीमण्डपमा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका यादवको बीर अस्पतालमा उपचार भइरहेको छ ।
तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरिरहेको छ । राजीनामा माग गरेर आन्दोलन गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया