भ्रष्टाचारमा डामिएकाहरूको पक्षमा एमालेका अध्यक्ष ओली बोले
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले यति होल्डिङ्स, ओम्नी ग्रुप र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङको बचाउ गरेका छन् ।
आइतबार पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा ओलीले यी कम्पनीहरूलाई खेदनेहरू दलाल पुँजीवादी भएको बताए ।
ओलीले भने, ‘यति होल्डिङसलाई उनीहरू खेदछन् किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि । त्यस्तो शेर्पाले आएर यहाँ हवाइजहाज पनि उडाएको छ । पर्यटन पनि चलाएको छ ।’
ओलीले भने, ‘होटल पनि चलाएको छ । के पनि गरेको छ हेलिकप्टर पनि चलाएको छ । यसो गर्न पनि पाइन्छ । भारी बोकेर हिँड्नु पर्नेले यस्तो गर्ने भनेर उनीहरू खेदछन् ।’
माओवादीहरूले यतिमात्र होइन ओम्नी समूह र भाटभटेनीका सञ्चालकलाई पनि खेदेको उनले बताएका छन् ।
उनले भने, ‘माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी भन्छन् । यति यति भन्छन्, भाटभटेनी भाटभटेनी भन्छन् । मीनबहादुर मीनबहादुर । गुरूङको छोरो भारी बोकेर आएको गर्न खान दिनु हुँदैन भन्छन् ।’
ओलीले भने, ‘उनीहरूले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटेका छन् । विरूद्धमा कोही बोल्दा सांसद समातिन्छ, एउटा सचिव अधिकृत हुँदा हस्ताक्षर गरेका कारण विमानस्थलबाट समातिन्छ । यो दलाल पुँजीवादीहरूको तमासा हो ।’
ओली प्रधानमन्त्री हुँदा यति होल्डिङस र ओम्नी समूहले सरकारबाट लाभ लिएको र कोरोनाविरूद्धको सामग्री ल्याउँदा अनियमितता गरेको आरोप छ ।
भाटभटेनीका सञ्चालक गुरूङ ललिता निवास प्रकरणमा प्रकाउ परेका थिए । गुरुङलाई आइतबार जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया