सरकारद्वारा प्रसस्तै सरुवा र राजनीतिक नियुक्तिहरू, को–को परे ?

काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

जनवादी गणतन्त्र चीनको बेइजिङमा भदौ २६ देखि २९ आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सह–सचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सह–सचिव दीपक लामिछाने, कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सह–सचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय भएको छ ।

न्याय सेवा आयोगको सिफारिसमा सह–सचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजप्रतात्राकित विशिष्ट श्रेणिमा बढुवा गरी सत्य निरुपन तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुरराज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय पनि भएको छ ।

खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरूमा आर्थिक वर्ष २०८०/८१का लागि अधिकृत स्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चिनको बेजिङमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोवल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ विषयक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्द चापाईंलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ४.९२४ हेक्टर जग्गा पच्चीस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय भएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएका छन् ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा विधेयक पेस गर्ने, संघीय मामिला तथा सामान्य निजामती सेवा दिवस, २०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएका छन् ।

Published : Saturday, 2023 September 9, 1:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया